नेपालमा पहिलो पटक एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण: किस्ट शिक्षण अस्पतालमा ऐतिहासिक सफलता

नेपालमा पहिलो पटक एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण: किस्ट शिक्षण अस्पतालमा ऐतिहासिक सफलता

काठमाडौं– ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै पहिलोपल्ट एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । अस्पतालले भरतपुरकी ३३ वर्षीया सोनाकुमारी थापा भुजेलको दुवै अङ्ग (मिर्गौला र कलेजो) एकैचोटी प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज  बज्राचायले बताए । सोमबार बिहान ११ बजेदेखि मङ्गलवार बिहान ५ बजेसम्म १८ घण्टा लगाएर सोनाको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको हो । अस्पतालका निर्देशक बज्राचार्यका अनुसार सोनालाई जन्मजात रोगका कारण मिर्गौलामा समस्या आएको थियो । जसका कारण कलेजोमा समेत असर परेको थियो । उनलाई श्रीमानले कलेजो र आफ्नै भाउजूले मिर्गौला दान गरेका थिए । मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने कार्य किस्ट मेडिकल कलेजका वरिष्ठ कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञको टोलीले भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका ७ जना वरिष्ठ प्रत्यारोपण विशेषज्ञको टोलीले १८ घण्टा लगाएर सम्पन्न गरेको हो । प्रत्यारोपणपछि बिरामी र अङ्गदाताको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनीहरूलाई प्रत्यारोपणपछि राखिने पोस्ट अपरेटिभ केयर युनिटमा क्रिटिकल केयर व्यवस्थापनको प्रत्यक्ष रेखदेखमा राखिएको छ ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/57380/