किष्टमा मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल, अङ्ग पाउनेको स्वास्थ्य सामान्य

किष्टमा मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल, अङ्ग पाउनेको स्वास्थ्य सामान्य

काठमाडौँ   किष्ट शिक्षण अस्पतालले जटिल एवम् दुर्लभ प्रकृतिको कलेजो र मिर्गौलाको एकै पटक सफल प्रत्यारोपण गरेको छ। नेपालको मेडिकल इतिहासमा यो पहिलो सफलता भएको किष्टले दाबी गरेको छ। दुवै अंगको प्रत्यारोपण सफल भएपछि बिरामी डिस्चार्ज भइसकेका छन्।

बिरामीको कलेजोमा भएको जन्मजात रोगका कारण उनको दुवै मिर्गौला बिग्रेको थियो। उनले लामो समयदेखि डायलाईसिस सेवा लिइरहेकी थिइन्। उनमा दुर्लभ रोग रहेको किष्ट अस्पतालमा भएको परीक्षणबाट पहिचान भएको अस्पतालले जानकारी दिएको छ।

More Information https://www.ukeraa.com/news/detail/140698/?fbclid=IwZXh0bgNhZW0CMTEAAR1QJBwSG5Tw7N0wt6C0S7s9X1baKH8GgO91f3m8Esetx3JuyKUguZwjoQU_aem_ba7LGxCIIY519kpWVuxpFw