नेपालमा १८ वर्ष पुगेका र लगभग ५५ वर्ष तल माथिका नजिकका नातेदारले आफ्नो कलेजोको टुक्रा दान दिन सक्छन्।।
मानव अङ्ग प्रत्यारोपण ऐन, २०५५ ले“नजिकको नातेदार” भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा,धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सैतेनी बाबु, सैतेनी आमा, बाजे, बजै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइत, भान्जा, भान्जी, साला, साली, फूपू, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं, जेठान सम्झनु पर्छ।
तर धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र धर्मपुत्री राख्ने बाबु आमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रूपमा नाता सम्बन्ध कायम रही आएको हुनुपर्नेछ।